

महावुधाम मेला भर्नेको घुइँचो
कालिकोट । कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो ।दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने विश्वास रहिआएकाले यहाँ मेला भर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
चार हजार दुई सय मिटर अग्लो फाँटमा बुकीझार र त्यहाँको यात्रा गर्दा विभिन्न रोग निको हुने विश्वास रहीआएको छ । हरेक वर्ष मेलाको आकर्षण बढ्दै गएको पुजारी नरेन्द्र उपाध्याय बताउछन् ।
यो कालिकोट र दैलेखको सिमानामा पर्छ । महावुधाम समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्थीका दिन भव्य मेला लाग्छ । सो स्थानमा शिवलिङ्ग रहेको छ । महावुधाममा कालिकोटका काफ्ले कूलका एक जना तथा दैलेखका आचार्य कूलका एकजनाले पूजा गर्ने परम्परा छ ।रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१७ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





