

मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर
किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाट मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।बुधबार दिउँसो मकै खोहोरीया काम गर्दै गरेका गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
भालुको आक्रमणबाट उनीहरूको अनुहार, टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये २६ वर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताए ।
घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको उनले बताए ।
घाइतेको उपचारका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयसँग छलफल भएको उनले बताए । निकुञ्जसँगको छलफलपश्चात् घाइतेको उपचार बिरामी कुरुवाको खर्च बेहोर्ने सहमतिपछि गाउँपालिकाकै गाडीमा उपचारका लागि भोटखोलाबाट सदरमुकाम खाँदबारी प्रस्थान गरेको अध्यक्ष भोटेले बताए ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बर्सेनि आधा दर्जन व्यक्ति भालुको आक्रमणबाट घाइते हुने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१७ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





