

संस्कृति लोप हुँदै गएकाेप्रति नेवार समुदाय चिन्तित
भोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम गर्दै आएको नेवार समाज दाँवाका अध्यक्ष कमल श्रेष्ठ बताउछन्। यो समाजले धर्म संस्कार, संस्कृतिको संरक्षण तथा विकास विस्तारका लागि काम गर्दै आएको उनको भनाइ छ ।“हामी स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ”, अध्यक्ष श्रेष्ठले भने, “सस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति, पराम्परा सिकाउँदै आएका छौँ । संस्कृतिलाई बचाइ राख्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको अवस्था छ । विभिन्न अवसरमा हामीले मौलिकता झल्कने गरी जात्रा, मेला पनि लगाउँदै आएका छौँ ।”
यहाँका करिब ८५ घर परिवार नेवार समुदाय सङ्गठित भएर मौलिक कला, संस्कार संस्कृतिको संरक्षणमा जुटेको उनको भनाइ छ । नेवार समुदायको संस्कृतिको रुपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउनेलगायत परम्परा रीतिरिवाज पुस्तान्तरणका लागि समाजले विगत लामो समयबाट काम गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
धर्म, संस्कृति, जातीय अस्तित्व, रीतिरिवाज र बाजा जोगाउन सामूहिकरुपमा संरक्षणको काम गर्दै आएको कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाडौँ तथा दाँवाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । नेवार समदायका संस्कृति रीतिरिवाजको संरक्षणमा आफ्नो अगुवाइमा विभिन्न कार्यक्रम हुँदै आएको उनको भनाइ छ ।
“नेवार समुदायको छुट्टै कला, संस्कार संस्कृति रीतिरिवाज छ”, अध्यक्ष श्रेष्ठले भने, “कतिपय परम्परा लोप हुँदै गएको अवस्था छ । यस्ता परम्पराको संरक्षणमा हामी जुटेका छौँ । मौलिक कुराको सरक्षण गर्नु नयाँ पुस्ताको दायित्व पनि हो ।”
नेवार समुदायमा, लाखेजात्रा गाईजात्रा, बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो तर नयाँ पुस्तामा यस्ता बाजालाई बजाउने तरिकासमेत फरक पर्दै गएको अवस्था रहेकाले संरक्षणमा जुट्न आवश्यक रहेको उनको भनाइ छ । संस्कृतिको संरक्षणसँगै आफ्नो दिवङ्गत बुबाको मृत्यु भएको एक वर्ष पुगेको अवसरमा स–परिवार काठमाडौँबाट गाउँमा आएर गाईजात्रा निकालेको उनले जानकारी दिए ।
“कतिपय संस्कृत पुस्तान्तरणसँगै लोप हुँदै गएको अवस्था पनि छ”, उनले भने, “हामी जो जहाँ रहे पनि आफ्नो संकृतिलाई भुल्न हुन्न । संस्कृतिलाई बचाउँदै अर्को पुस्तासम्म पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ ।” नेवार संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन चुनौतीको रुपमा देखा पर्दै आएको स्थानीयवासी बद्रीकुमार श्रेष्ठको भनाइ छ ।
आधुनिकता विकाससँगै स्थानीय संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उनको भनाइ छ । “आधुनिकताको विकाससँगै कतिपय मौलिक परम्परा हराउँदै आएको अवस्था छ”, उनले भने, “यस्ता कुराको संरक्षणमा राज्यले पनि ध्यान दिन आवश्यक छ । नागरिकस्तरबाट पनि संरक्षण तथा विकासमा भूमिका खेल्नुपर्ने अवस्था पनि छ । सभ्य समाज निर्माणको लागि एक जातिले अर्को जातिको संस्कार संस्कृतिलाई सम्मान गर्न आवश्यक छ ।”रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१९ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





