

काठमाडौँमा वायु प्रदूषण बढ्दै
काठमाडौं । धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ। तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ।
प्रिमनसुनको प्रक्रिया राम्ररी नचल्दा अत्यधिक गर्मी र तातो बढेको छ। वर्षा नभएकै कारण वायुमण्डलमा जम्मा भएको धुलोका कण आकाशमै रुमलिएको छ। वातावरण विभागले पनि वायु प्रदूषणकै कारण आकाश धुम्म भएको जनाएको छ। विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार विभागले सूर्यको परावैजनी किरणको नापजाँच नगर्ने भएकाले त्यो विषयमा आफूलाई जानकारी नभएको बताए। उनले अहिले आकाश धुम्म हुनुका कारण तुवाँलो र वायु प्रदूषण रहेको दाबी गरे। विभागको वायु प्रदूषण गुणस्तर अनुगमन प्रणालीले पनि विगत २४ घण्टायता काठमाडौँको कीर्तिपुरमा उच्च वायु प्रदूषण रहेको देखाएको छ। कीर्तिपुरमा वायु प्रदूषण सूचकाङ्क १७२ रहेको छ। रारा तालसम्म वायु प्रदूषण फैलिएको छ । त्यहाँको वायु प्रदूषण सूचकाङ्क १५० पुगेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
१ घण्टा अगाडि
1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…



