

सैनिकहरू दिनदिनै सुइँकुच्चा
सैनिकहरू भाग्ने लहर चलेको छ । महिनामै दर्जनभन्दा बढी सैनिक भगौडामा पर्ने गरेका छन् । गत साउनदेखि विभिन्न मितिमा फरार रहेका सैनिकहरूको छ्याप्छ्याप्ती खोजी चलिरहेको छ । बेपत्ता हुनेमा सिपाहीदेखि सरसफाइकर्मीसम्म छन् । अधिकांश घरबिदामा निस्किएका सैनिक त्यसरी बेपत्ता भएका हुन् ।
तालिम सकिएपछि बिदामा छाडिएका सिपाही सुमित थापामगर सम्पर्कविहीन छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित बानियाँ गाउँ बस्ने जयराम थापामगरका नाति एवं सुदर्शन थापामगरका छोरा उनी श्री गरुडदल गणमा सञ्चालित बिल्लादार ग्रेड–३ मा तालिमरत थिए । साउन ३१ गते हाजिर हुनुपर्ने उनको भदौ १ गतेसम्म कुनै जानकारी नपाएपछि प्रहरीलाई खोज्दैको हैरानी छ ।
चार दिन घरबिदा मागेर साउन २८ गते ब्यारेकबाट निस्किएका प्राविधिक हुद्दा मंगलबहादुर थिङ पनि हालसम्म पनि हाजिर हुन नआएको बुझिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ बस्ने उनी ३१ गते हाजिर हुनुपर्ने थियो ।
ई.एम.ई पोलिटेक्निक महाविद्यालयमा अध्ययनरत प्राविधिक अमल्दार सन्दिप खड्का पनि भागेका तर दोलखाको साविकको लापिलाङ गाविस–१, पोखरेगाउँस्थित घर नपुगेको बुझिएको छ । ‘जेनेरलाइज्ड एन्जाइटी डिस्अर्डर’ को समस्या देखिएपछि उपचारको लागि वीरेन्द्र अस्पताल पठाइएको सैनिक निशान्त अधिकारी भदौ ३ गतेबाट सञ्चालन भइरहेको सि.सं. १४ सैन्य आधार तालिमका लागि छनौट भई सैन्य लाइनको बाथरुममा लडेका थिए ।
तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएका उनको देब्रे हातमा ‘रेडियस फ्रयाक्चर’ को समस्या देखिएपछि वीरेन्द्र अस्पतालमा साउन २७ गते हाजिर भएको र पुनः डिस्अर्डरको समस्या देखिएकाले गत साउन ३१ देखि साईक्याट्रिक वार्डको बेड नम्बर १०५५ मा उपचाररत थिए । भदौ १ गते उनी कसैलाई सुइँको नदिईकन फरार भएका छन् । दैलेखको नारायण नगरपालिका–५ का दलबहादुर राना घरायसी समस्या देखाई साउन १४ गतेदेखि बिदामा बसेका थिए ।
उनले भदौ १ गते थप दुई दिन छुट्टी मागेका थिए । सोहीअनुरूप भदौ ३ गते हाजिर हुनुपर्नेमा हालसम्म पनि लापता छन् । भगवतीदल गण भर्ना केन्द्रबाट सेनाको सैन्य दर्जामा भर्ना भएका सुनिल पौडेल भने ब्यारेकको तारबार नाघेर फरार भएका छन् । कास्कीको मादी गाउँपालिका–१ का खडु पौडेलको नाति एवं गंगाधर पौडेलको छोरा उनी भदौ १ गते दिउँसो ३ बजे भागेको बुझिएको छ । ब.का.सि कुमार परियार पनि भदौ १ गते दिँउसो ४ बजे तारबार नाघेर भागेका छन् ।
अर्का भगौडा सैनिक हुन् जाजरकोटका खेमबहादुर बुढा । सरसफाइकर्मीका रूपमा कार्यरत उनी शिवालय गाउँपालिका–३ घोडाछाल बस्ने बिरबल बुढाका नाति एवं लालबहादुरका छोरा हुन् । ब्याच नम्बर ३१०८४४ भएका उनी साउन ३१ गते पेरिमिटर नाघेर भागेको बताइन्छ ।
फर्किने पनि छन्
यसरी भाग्नेमध्ये सिपाही कर्म छिरिङ ह्याल्मो हाजिर हुन आएको बुझिएको छ । भगौडा भनी पत्राचार गरेको १७ दिनपछि उनी व्यारेकमा उपस्थित भएका हुन् । रामेछापको साविक नामाडी गाविस–९ बस्ने तेम्बा नुर्बु तामाङका नाति एवं पासाङ नोर्बु तामाङका छोरा उनी दुई दिन घरबिदामा बसेका थिए । साउन २० गते हाजिर हुनुपर्ने उनी सम्पर्कमा नआएपछि खोज्ने क्रममा भदौ ६ गते हाजिर भएको पारिवारिक स्रोतले बतायो ।
अमल्दार हरिबहादुर बिक श्री मध्य पूर्वी पृतना हेडक्वार्टरमा सञ्चालित बिल्लादार ग्रेड–२ तालिममा तालिमरत थिए । तालिम सम्पन्न भएपछि छोडिएका उनी साउन १८ गते हाजिर हुनुपर्ने थियो । तर, बीच बाटोबाटै बेपत्ता भए । १४ दिनपछि साउन ३२ गते बल्ल हाजिर हुन आएका उनी लमजुङको कामिगाउँका बासिन्दा हुन् ।जनआस्था
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१६ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





