

हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो
काठमाडौँ । हेलो सरकारमा श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा धेरै पटक गुनासो आएको छ । त्यस सम्बन्धमा गरिएको कारबाहीलाई हेर्दा अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम हुने भएको भनी अर्थ मन्त्रालयबाट जानकारी प्राप्त भएकोले सोहीबमोजिम गुनासोकर्तालाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको हेलो सरकारको विवरणअनुसार बज्र सेक्युरिटी प्रालि करारमा रहेका कर्मचारीको सम्झौताबमोजिमको सञ्चय कोष लगायतका सुविधा प्राप्तिमा ढिलाइ भएको सम्बन्धमा पनि गुनासो आएको छ । धेरै गुनासाहरू भाइबर, फोन/वेबपोर्टल, मोबाइल फोनबाट आएको छ । ११११ मा रिसिभ भएको फोन सङ्ख्या तीन सय ११, पार्टलमा आएका र पार्टलमार्फत सम्बन्धित निकायमा पठाइएका गुनासोको विवरण दुई सय, गुनासो फर्छ्योट सङ्ख्या ५५ (टेलिफोनबाट फर्छ्योट भएको संस्था संलग्न नभएको) र सामाजिक सञ्जालबाट गुनासोको सङ्ख्या अत्यधिक आएको छ ।
“सुत्केरी महिला निजामती सेवामा नियुक्ति भएमा निजलाई प्रसूति बिदा दिन मिल्छ कि मिल्दैन स्पष्टसँग उल्लेख गरी जिज्ञासा समाधान गरिदिनु हुन पुनः अनुरोध छ, कृपया जिज्ञासालाई गम्भीरताका साथ दिई समाधान गरिदिनु हुन अनुरोध छ”, वेबपोर्टलको जिज्ञासामा भनिएको छ ।
त्यसैगरी महँगी बढेको, ग्यासको भाउ धेरै बढेको, सडकमा खाल्टाखुल्टी भएको, धुलो भएको, अदालतको फैसला कार्यान्वयन हुन नसकेको, बेरोजगारी बढेको र बाँदरको समस्याको बारेमा पनि हेलो सरकारमा गुनासो गरिएको छ । रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
२० घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





