

आइजिपी सा’प असइ गुरागाईलाई कार्वाही कसले गर्ला ?
जनकपुरधाम । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संगठनको नेतृत्व सम्हाल्ने बित्तिक दुईवटा कुरा भाषणमा भन्न छोडेका छैनन् । ती दुई कुरा हुन, प्रहरीमा शुद्धीकरण, काजमा होइन दरबन्दीमा जानुपर्छ । तर उनी यी दुबै कुरामा असफल देखिई सकेका छन् । उनको यो नीति असफल भएको पुष्टि हँुदैछ । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रशासन शाखामा कार्यरत एक असई छन् झमक गुरागाई । उनी कति भाग्यमानी छन् भने सिपाहीमा जागिर खाएदेखि धनुषा छोड्नु परेको छैन । सिपाही, हवल्दार र असई हँदा समेत उनी यहीँ बसिरहन सफल भएका छन् ।
पहिलेको अञ्चल प्रहरीदेखि हालको संघिय प्रहरी इकाई कार्यालयसम्म पनि प्रशासनमा बसेर सबै घुमुवा परिचालन गर्ने उनी असई भएपछि अहिले झन् जिल्ला प्रहरी कार्यालय धनुषाको प्रशासन फाँटमा बसेर उठतीको काम गरिरहेका छन् । तस्करी हुने सीमावर्ती थाना चौकीमा पठाउँदा चौकी हेरेर ५ देखि १० हजारसम्मको रेट नै तोकिएको छ । यसरी मातहत पठाउँदा रेट तोकेर सिपाही, हवल्दारसँग लिने प्रचलन धनुषामा थिएन । अहिले उनको पाला देखि शुरू भएको छ । त्यतिमात्र होइन उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा मेरो सेटिङ छ, मिलाई दिन्छु भन्दै काठमाडौ सिआरभी दरबन्दी वा अन्यत्र दरबन्दी भएर धनुषा, महोत्तरी र सर्लाहीमा घुमुवा बसेका अनि अहिले दरबन्दीमा गएका, नगएकाहरूसँग कुराकानी गरि सेटिङ मिलाई रहेको पनि खुलेको छ । उपत्यका प्रहरी कार्यालयमा दरबन्दी भएका तर दशौं बर्षदेखि धनुषा र महोत्तरीमा घुमुवा बसेका हवल्दार बैजु यादव समेतलाई फेरि पुरानै ठाउँमा फर्काउन उनले प्रप्रका कप्रमा सेटिङ गरिरहेको समेत खुलेको छ । दशौं बर्ष धनुषा र महोत्तरीमा घुमुवा बसेका हवल्दार बैजु यादवलाई अहिले नक्कली रूपमा ड्राइभर भनेर उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्यले व्यक्तिगत रूपमा घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । तराईबाट हुने तस्करीको सन्जाल थाहा पाएका बैजुलाई उनले प्रयोग गरेका हुन । लालमणि धनुषामा एसपी हुदा बैजु त्यहीको घुमुवा थिए। यी दुई प्रकरणले कहाँ शुद्धीकरणको काम गर्याे त आइजिपी साप ?
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





