

फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने
काठमाडौँ । फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव अधिकारको विधिशास्त्रसँग मेल नखाने भन्दै पुनरावेदनको सुविधा दिनुपर्ने व्याख्या सर्वोच्चले रिट निवेदनमार्फत गरेको हो । यद्यपि फरार व्यक्तिलाई अन्यसरहको सुविधा दिने वा नदिनेमा सर्वोच्चको संयुक्त र पूर्ण दुवै इजलासमा राय बाझिएको छ । पूर्ण इजलासमा दुई न्यायाधीशको बहुमतको रायले पुनरावेदन सुविधासम्बन्धी व्याख्या भएको हो । बैङ्किङ कसुर मुद्दामा सुरुमा म्याद बुझेर फरार रहेका बज्रसिंह लामाले गरेको पुनरावेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध दायर रिटमा यस्तो व्याख्या भएको हो । पुनरावेदनको कानुनी विवाद मुद्दामा संयुक्त इजलासमा डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको राय बाझिएको थियो । पूर्णमा न्यायाधीश कुमार रेग्मी र मनोजकुमार शर्मा तथा नहकुल सुवेदीबिच राय बाझिएको हो । पूर्णमा रेग्मी र शर्माको बहुमतको राय कायम भएको छ । सर्वोच्च प्रशासनले म्यादभित्र प्रतिवाद नगर्ने प्रतिवादीले पुनरावेदन गर्न पाउने स्पष्ट कानुनी व्यवस्था नभएकाले देवानी कार्यविधि संहिताको दफा २०६ आकर्षित हुने भन्दै अदालतले दरपिठ गरेको थियो । बहुमतको रायका आधारमा दरपिठ बदर भएको छ । सिंहलाई बैङ्किङ कसुरमा उच्च अदालत पाटनले कैद, बिगो तथा बिगोबमोजिमको जरिबानाको फैसला गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
२१ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





