

नरैनापुरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
नरैनापुर २३ भाद्र । निजामती सेवा दिवसको अवसर पारेर बाँकेको नरैनापुर गाँउपालिकामा नवनिर्मित रङशाला र वडा नं.१ स्थित आधारभूत विद्यालयमा बृहत वृक्षारोपण गरिएको छ ।
नरैनापुर गाँउपालिका,नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भएको बृक्षारोण कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको नरैनापुरका योजना शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो । उक्त वृक्षारोपण कार्यक्रममा करिब ३ सय ५० वटा विभिन्न प्रजातीका वोटविरुवाहरु वृक्षारोपण गरिएको छ ।
कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिकाको प्रशंसा गर्दै नेपाली सेना र सशस्त्र प्रहरीको सहकार्यमा भएको वृक्षारोपण कार्यले ग्लोबल वार्मिङ लाई केही हदसम्म सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा नेपाली सेनाका सहायक रथी प्रकाश थापा, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सशस्त्र प्रहरी नयाब उपरिक्षक दिपक चन्द, वडा नं १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्र, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, विपद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, कृषि शाखा प्रमुख सदन भण्डारी,नेपाली सेनाका अधिकृतहरु, पालिकास्थित कार्यालयका प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





