वि.सं.२०७८ साल माघ १४ गते शुक्रबारको राशिफल,दक्षिण काली माता ले रक्षा गरुन्

वि.सं.२०७८ साल माघ १४ गते । शुक्रबार । ईश्वी सन् २०२२ जनवरी २८ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–एकादशी, बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–ज्येष्ठा, रातको ०२ बजेर ३७ मिनेट उप्रान्त मूल । योग–ध्रुव, बेलुकी ०७ बजेर २९ मिनेट उपान्त व्याघात । करण–बव, बिहान ०९ बजेर ३६ मिनेट उप्रान्त बालव, बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट । दिनमान २६ घडी ५५ पला ।  (ज्यो.प.सरोज घिमिरे)मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी साधन तथा भौतिक सम्प्तीको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग विवाद बढ्ने योग रहेकोछ । तरपनि यात्रा तथा यात्रा सँग सम्बन्धित काम गर्न सकिनेछ । पढाई लेखाईमा सुधार हुदै जानेछ भने अलि बढि मेहनेत गरे नतिजा आफुतिरनै ल्याउन सकिनेछ ।बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राविधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
Shares