

साउन र भदौमा दुई अर्ब छयहत्तर करोडको चामल आयात
काठमाडौँ । चालु आर्थिक वर्षको दुई (साउन र भदौ)महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
गत वर्ष सो अवधिमा सात अर्ब ५८ करोड १२ लाख ५७ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । दुई महिनामा सबैभन्दा धेरै दुई अर्ब ७६ करोड २१ लाख छ हजार रुपियाँ बराबरको दुई लाख ५३ लाख हजार ३२२ क्विन्टल चामल आयात भएको छ ।
एक अर्ब ६४ करोड ५८ लाख १९ हजार रुपियाँ बराबरको चार लाख ६२ हजार ५८४ क्विन्टल मकै आयात भएको तथ्याङ्क छ । यस्तै दुई अर्ब ९० करोड ७९ लाख ३६ हजार रुपियाँ बराबरको सात लाख ८९ हजार ८३९ क्विन्टल धान आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ५१ करोड ६५ लाख तीन हजार रुपियाँ बराबरको एक लाख २६ हजार ८२२ क्विन्टल गहुँ आयात भएको छ । यस्तै २७ लाख ५० हजार रुपियाँको जौ, १५ करोड १३ लाख ८१ हजार रुपियाँको कोदो आयात भएको छ ।
खाद्यान्नको आयात बढे पनि अन्य वस्तुको आयात भने घटेको छ । दुई महिनाको अवधिमा कच्चा भटमास तेलको आयातमा ६७.४ प्रतिशतले कमी आई दुई अर्ब ९६ करोडमा झरेको छ । यस्तै औषधीको आयातमा ३३.९७ प्रतिशतले ह्रास आई छ अर्ब ७१ करोड रुपियाँमा झरेको छ । कच्चा पाम तेलको आयातमा ६५ प्रतिशतले ह्रास आई दुई अर्ब ३१ करोड रुपियाँ सीमित भएको तथ्याङ्क छ । सुनको आयातमा १६.१२ प्रतिशतले ह्रास आई चार अर्ब ५६ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।
समाज
थप सामाग्री-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि
2.1kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…



