यस्तोछ आजको तरकारी तथा फलफूलकाे मूल्य

काठमाडौ, १६ असोज  । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्बजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय १००, आलु रातो ५४, मुडे आलु रातो ४५, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ३०, घिरौला ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२०, बन्दा लोकल ६०, गाजँर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २००,  भिण्डी ५०, न्यूँरो ८०, रातो बन्दा ३५०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ३८०, नासपाती ९०, आभोकाडो २५०, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ३००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३००, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, शरीफा २००, फूजी स्याउ ३२०, अम्बा ८०, मौसम १४०, जुनार ३२०, पुदीना ५००, अमला ६०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याँउ ११०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि

2.2kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…

TOP
Shares