

अमेरिकाको चेतावनी : युक्रेनमा आक्रमण गरे रुसी ग्यास पाइपलाइन सञ्चालन हुन दिँदैनौं
अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने चेतावनी दिएको छ। नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको हो।बिहीबार बर्लिनस्थित अधिकारीहरूले पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् ।
रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ। तर उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएपछि तनाव चुलिएको छ र त्यसले आक्रमणको भय बढाएको छ।प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए।
अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताएपनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन। संसद्मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्। तर उनले आफूले मस्कोसँग संवाद चाहेको पनि उल्लेख गरेकी छन्।
संयुक्त राज्य अमेरिकाले युक्रेनविरूद्ध हुने कुनै पनि किसिमको अतिक्रमणलाई निरुत्साहन गर्न मस्कोमाथि आफ्नो प्रभावलाई प्रयोग गर्न चीनलाई आग्रह गरेको छ। विदेश मन्त्रालयकी एक जना अधिकारी भिक्टोरिया नुलन्डले युक्रेनमा द्वन्द्व भए त्यो चीनका लागि पनि नराम्रो हुने बताइन्।अमेरिकाले युक्रेनी सीमामा रुसी फौज जम्मा हुँदा अन्तर्राष्ट्रिय शान्तिमा परेको जोखिमको विषयमा राष्ट्र सङ्घको सुरक्षा परिषद्मा सोमबार छलफल गरिओस् भन्ने माग गरेको छ।
परियोजना १२ सय २५ किलोमिटर पाइपलाइन निर्माण गर्न पाँच वर्ष लागेको थियो। त्यसलाई बनाउन ११ अर्ब डलर भन्दा बढी लागेको थियो। उक्त इन्धन परियोजना बालटिक समुद्र मुन्तिरबाट अघि बढ्छ र त्यसले जर्मनीमा हुने रुसी ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको छ।गएको नोभेम्बरमा नियामक निकायले उक्त परियोजना जर्मनीको नियम अनुसार नरहेको भन्दै त्यसको अनुमतिलाई स्थगन गरिदिएपछि हालसम्म उक्त परियोजना सञ्चालनमा आइसेको छैन।
– बीबीसी
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



