

पर्वतको मालढुङगामा अस्थायी प्रहरी पोष्टको स्थापना
पर्वत माघ १५ । कुश्मा नगरपालिका-१ मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना गरी बिहीबारबाट सेवा शुभारम्भ गरिएको छ ।
पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बिहीबार आयोजित कार्यक्रममा उक्त पोष्टको उदघाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष बीरेन्द्र रिजाल, मालढुङगा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधिहरु, स्थानीयबासीहरुको उपस्थितिमा रहेको थियो ।
बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न उक्त अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



