

माघ मसान्तसम्म विद्यालय बन्द
काठमाडौं माघ १५ । सरकारले विद्यालय खोल्न अझै निषेध गरेको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै विद्यालय माघ मसान्तसम्म खोल्न निषेध गरेको हो ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले पनि यसबारे निर्णय लिएको छ । बैठकपछि तीनवटै जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा विद्यालयसहित शैक्षिक संस्थाको क्रियाकलाप माघ मसान्तसम्म भौतिक उपस्थितिमा संचालन नगर्ने नगराउने भनिएको छ ।
यसअघि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघभर विद्यालय बन्दको सिफारिश गरेको थियो ।
विद्यालय खोल्न निषेध गरेपनि कोभिड १९ विरुद्धको खोप लगाउन तोकिएको दिन विद्यार्थीलाई शैक्षिक संस्थामा बोलाउन सक्ने आदेशमा भनिएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



