

वाग्मती किनारका अनाधिकृत संरचना हटाइने
काठमाडौँ माघ १६ ।गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गर्नुभएको सूचनामा उल्लेख छ । यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।
तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ । समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदि किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



