

तस्करलाई भेट्न जांदा हतियार सहित गएका हवल्दार साहएसएसबीको नियन्त्रण पछि छुटे
सर्लाही । कहिलेकाही बुद्धि नपुर्याउदा नसोचेको कुरा हुन पुग्छ । मैले जे गरेपनि हुन्छ भन्ने घमण्डको कारण पनि परिस्थिति अनुकूल नहुदां उल्टो हुन पुग्छ । अहिले सर्लाही जिल्ला प्रहरी कार्यालयमा कार्यरत घुमवा हवल्दार छविलाल साहलाई यस्तै भएको छ । जसको कारण उनी सर्लाहीको घुमुवाबाट मात्रै घटेनन , ढल्के स्थित गणमा गएर थन्कनु पर्याे ।
हवल्दार छविलाल साह मधेस प्रदेशमा घुमुवा प्रहरी भनेर चर्चित नाम हो । उनी पछिल्लो समय सर्लाही जिल्ला प्रहरी कार्यालयको घुमुवाको रूपमा कार्यरत थिए । उनलाई जिल्ला प्रहरीले आर्थिक कारोवार मा प्रयोग गर्दै आइरहेको थियो । कुन नाकाबाट कसलाई तस्करीको लाइन दिने , मासिक कतिमा लाइन दिने र तस्करहरूलाई कसरी संरक्षण र सेटिङ गर्न सकिन्छ भन्ने जिम्मेवारी जिल्ला प्रहरी कार्यालय सर्लाहीले यिनै घुमुवा छविलाललाई दिएको रहेछ । त्यसैले पनि उनलाई यतिसम्म घमण्ड रहेछ कि मलाई कसैले केही गर्न सक्दैन । तर सबै कुरा आंफुले सोचे जस्तो हुदैन ।
गत ७ गतेको कुरा हो । उनी सर्लाहीबाट तस्करी गर्ने चर्चित र नामूद भारतीय तस्कर संजय भन्नेलाई कबोल अनुसारको रकम लिन भारतको इनर्वा नजिक सोनवर्षा भन्ने गाउँमा जाँदै थिए । कपडाको ठूलो तस्करी गर्ने भारतीय तस्कर संजयलाई भेट्न हिडेका घुमुवा छविलाल उल्टो भारतीय सीमा सुरक्षा बल ( एसएसबी ) को नियन्त्रणमा पुगे । एसएसबीको नियन्त्रणमा पुग्नुको एउटै कारण थियो , उनी हतियार सहित भारत पसेका थिए । बिना स्वीकृति हतियार सहित अर्को देशमा गएपछि पक्राउ पर्नु स्वाभाविकै थियो ।पाँच घण्टा एसएसबीले आफ्नो नियन्त्रणमा राखेपछि सहमतिमा छोडिदिएको थियो ।दुई देशका सुरक्षाकर्मीको छलफल पछि उनी छुटेका थिए ।
यी घुमुवा प्रहरी छविलाल यसअघि एकपटक मात्रै होइन धेरै पटक सर्लाहीका एसपीको रकम उठाउने घुमुवाको रूपमा परिचालित भएका थिए । सर्लाहीमा सई बच्चु राउत कुर्मी ( हाल अवकाश ) , असई नरेश साह तेली ( घुष लिदै गर्दा अख्तियारद्वारा पक्राउ पछि हालसम्म निलम्बन ) र प्रमोद यादव घुमुवा कमान्डर हुदां सबै आर्थिक कारोवार र तस्करीको सेटिङ मिलाउने यिनै छविलाल थिए ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भएको बखत धेरै उजुरी र गुनासोहरू परेपछि प्रहरी मुख्यालयले तानेर नक्साल स्थित १ नम्बर गणमा राखेर छानबिन समेत गरि कारबाही गरेको थियो छविलालललाइ । त्यसपछि अन्यत्र लखेटिएका उनी फेरि सर्लाही आएर घुमुवाको रूपमा परिचालित थिए । हवल्दार छविलाल धनुषा स्थित गणमा तानिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ताले पुष्टि गरे ।
समाज
थप सामाग्री-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि
2.1kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…



