

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल
कैलाली । कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी पर्वको चहलपहल बढेको छ । प्रायः कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइने यस पर्वका अवसरमा पकाइने विभिन्न परिकार तथा अन्य गतिविधिको तयारीका लागि यहाँ चलहपहल भइरहेको छ ।यस पर्वमा अण्डी चामलको भात तथा रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका विभिन्न परिकार बनाउने गरिन्छ । थारू कल्याकारीसभाका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले थारू समुदायमा विशेष रूपमा मनाइने यस पर्वको अघिल्लो दिन आज अन्तिम तयारी भइरहेको बताए ।“यस पर्वमा अण्डी धानको चामलबाट विभिन्न खानाका परिकारहरू तयार पार्ने गरिन्छ तर उक्त धान भने लोपोन्मुख अवस्थामा छ । परम्परागत प्रजातिको उक्त धान टाढाटाढाका थारू गाउँबस्तीमा गई व्यवस्थापन गरियो । परिकारलगायत अन्य गतिविधिका लागि आज अन्तिम तयारी भइरहेको छ । त्यसैले पनि हाम्रा बस्तीहरूमा चहलपहल छ ।”यस्तै, पूजाआराधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्नेसम्मका काम सम्पन्न भएका छन् । दुई दिनसम्म मनाइने यस पर्वमा आइतबारको अघिल्लो दिन अर्थात् आज राति व्रतालुहरूले दर खाने चलन छ । पर्वको पहिलो दिन अर्थात् भोलि व्रतालुहरू पानीसमेत नखाई निराहार व्रत बस्ने र नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने गर्दछन् ।
यसरी पूजाआराधना गरिसकेपछि घरमा तयार गरिएका अन्नका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याई सकेपछि मात्रै व्रतालुहरूले खाने गर्दछन् ।
यसरी छुट्याइएको ‘अग्रासन’ अर्थात् कोसेली आफ्ना विवाहित चेलीबेटी तथा दिदीबहीनीका पोइलीघरमा पुर्याउने परम्परा छ । यस्तै, अट्वारी पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्दछन् । गुइँठाको आगो बाली घ्यू र सल्लाको काठका टुक्राहरू हाली पूजा गर्ने गरिन्छ ।
महाभारतमा पाँच पाण्डवमध्येका माइला भाइ भीम आइतबारका दिन एक दानवको आहार बन्न गएको र उनले त्यो दानवलाई मारेर मानवजातिलाई दानवको आतङ्कबाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर पर्व मनाउने गरेको थारू अगुवाहरूले बताउने गरेका छन् । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले मनाउने गर्दछन ।रासस
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



