‘सानो संसार’ प्रिमियर, अग्रिम टिकट बुकिङ समेत खुल्ला

काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक  प्रदर्शनमा  आउने फिल्म ‘सानो संसार’ प्रिमियर गरिएको छ । बुधबार साँझ गरिएको प्रिमिएरमा कलाकर्मी र रंगपत्रकारको बोक्लो उपस्थिति रहेको थियो । प्रिमिएरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । मध्यवर्गीय परिवारको वास्तविकता चित्रण गरिएको परिवारिक फिल्म भएको र सबैले हेर्नुपर्ने सुझाव प्रिमिएरमा दिइएको थियो ।

फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ । फिल्ममा उनीसँगै राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको समेत अभिनय देख्न सकिन्छ । फिल्म अर्जुन कुमारले बनाएका हुन् । सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको पटकथा पनि निर्देशकले नै लेखेका हुन् । उनको यो डेब्यु निर्देशन हो । कार्यकारी निर्माता माधव वाग्ले हुन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
116 Shares