

असोज १६ गते पोखरामा ‘रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम’ हुने
काठमाडौं । देशमा देखिएका बेथिती, विसंगति, भ्रष्टाचार, राष्ट्रघात र महङ्गीका विरुद्ध रक्तिम सांस्कृतिक अभियानले पोखरामा बृहत जनसांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सांस्कृतिक सचेतना तथा जनजागरणका लागि रक्तिमले २०८१ असोज १६ गते सुन्दर नगरी पोखरामा अवस्थित पोखरा सभागृहमा सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित रक्तिम परिवारको केन्द्रीय टोली र सामना परिवारका कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरु रहने रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले जनाएको छ ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले उक्त कार्यक्रमलाई सफल पार्न जनसङ्गितप्रेमी महानुभावहरुसँग अपिल गरेका छन् । अध्यक्ष शर्माको हस्ताक्षरमा २०८१ भदौ २८ गते जारी गरिएको उक्त अपिलमा भनिएको छ –“देश रोइरहेका बेला, श्रमजिवी जनता आँशुको पोखरीमा डुबिरहेका बेला हामी टुलुटुलु हेरेर बस्न सक्दैनौ ! देश र जनताको चहराइरहेको घाउमा जनसाङ्गितिक मल्हमहरु लगाउनु रक्तिमले आफ्नो दायित्व र कर्तव्य ठान्दछ । देशमा सङ्कट आइलागेका बेला रक्तिम सदा त्यसरी जनताका बीचमा पुग्ने गरेको छ । रक्तिम सांस्कृतिक अभियानले देशमा भएका राजनैतिक एवं सामाजिक परिवर्तनहरुमा आफ्ना गीत÷सङ्गीत र कला÷साहित्यका माध्यमबाट पु¥याउँदै आएको योगदानका बारेमा त तपाइहरु सबै जानकार नै हुनुहुन्छ । जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । त्यस यताका हरेक कहालिलाग्दा कालखण्डहरुमा पनि रक्तिमले जनतालाइ सचेत, जागरुक र आन्दोलित बनाउने आफ्नो दायित्वलाई पूरा गर्न संस्थागत रुपमै विभिन्न जनसांगीतिक अभियानहरु संचालन गर्दै आइरहेको छ ।अहिले फेरि देशमा विकराल स्थिति सृजना हुँदै गैरहेको छ । देशको राष्ट्रिय संस्कृति सङ्कटको भुमरीमा फस्दै गैरहेको छ । देशमा पाश्चात्य छाडा संस्कृतिको बिगबिगी र दबदबाब बढ्दै गैरहेको छ । देश साम्राज्यवादी तथा विस्तारवादी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा प्रबल बन्न थालेको छ ।
जनताको महान बलिदानीबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता लगायतका उपलब्धीहरु माथि नै कालो बादल मडारिन थालेको छ । भ्रष्टाचार, अनियमितता, महङ्गी, बेथिती, बेरोजगारी, विसंगति र राष्ट्रघात लगायतका घाउहरुबाट देश र जनता आक्रान्त बनिरहेका छन् । हिजोको परिवर्तनमा नेतृत्वदायी भूमिका निभाएका कतिपय राजनैतिक शक्तिहरुको राजनैतिक आदर्शमै व्यापक स्वखलन देखिन थालेको छ ।
देशमा देखिएका ती घटनाक्रम र प्रवृत्तिहरुले राजनैतिक जनक्रान्तिको कार्यभार अझै पूरा नभैसकेको प्रष्ट भएको छ । अतः अपुरो देखिएको नयाँ जन क्रान्तिको उक्त खुट्किलो पार गर्दै देशलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउन लागि परिरहेको क्रान्तिकारी शक्तिलाई सघाउनु पनि रक्तिमले आफ्नो दायित्व र कर्तव्य सम्झेको छ । यो परिवेशमा देश र जनताप्रति जिम्मेवार सांस्कृतिक संगठनको हैसियतले व्यापक जनसांस्कृतिक जागरण अभियान अगाडि बढाउनु पर्ने दायित्व इतिहासले रक्तिमको काँधमा सुम्पिएको हामिले महशुश गरेका छौ ।
इतिहासले सुम्पेको सोही जिम्मेवारीलाई मनन गर्दै रक्तिमले देशमा देखिएका बेथिति, विसंगति, भ्रष्टाचार, राष्ट्रघात र महंगीका विरुद्ध सांस्कृतिक सचेतना तथा जनजागरण अभियान सन्चालन गर्न गैरहेको छ । सोही सिलसिलामा रक्तिम सांस्कृतिक अभियानले २०८१ असोज १६ गते सुन्दर नगरी पोखरामा अवस्थित पोखरा सभागृहमा “रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम” आयोजना गरेको छ । सो कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित रक्तिम परिवारको केन्द्रीय टोली र सामना परिवारका कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरु रहनेछ्न । हाम्रा विगतका अभियान तथा कार्यक्रमहरु यहाँहरुकै साथ सहयोग र समर्थनमा सफल हुँदै आएका छन । यस पटक पनि हामीले हजुरहरुको त्यही साथ सहयोग र अपार मायाको अपेक्षा राखेका छौ । अतः “रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम” लाई नैतिक, भौतिक र विषेशतः आर्थिक सहयोग गरी सफल पारिदिनु हुन हामी हार्दिक अपिल गर्दछौ ।”

समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



