

‘गुन्यो चोलो’ रिलिज स्थगित
काठमाडौंँ । फिल्म ‘गुन्यो चोलो’ आगामी कात्तिक ९ गतेबाट प्रदर्शनमा नआउने भएको छ । विशेष कारणले फिल्मको रिलिज स्थगित गर्नुपरेको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै केही कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेकोले चाँडै नयाँ प्रदर्शन मिति घोषणा गर्ने उल्लेख गरेकी छन् ।
अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा फिल्ममा अभिनय गरेका छन् । फिल्मको चरित्रका उनले लागि १५ केजी तौल घटाएका थिए । फिल्ममा नाजिरको अलवा सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ ।
निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन फिल्ममा छ । फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माता रहेका छन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



