मोडल कृतिको “हजारको नोट” सार्वजनिक

चितवन,असोज  १२ – मोडल कृति भट्टराईको “हजारको नोट” सार्वजनिक भएको छ। शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो। 
 
गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको सो गितमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ। 
 
सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन। सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ। झापा,विर्तामोड-८ स्थित देउनिया निवासी कृतिको यो डेव्यु गित हो। 
 
मिस प्रदेश नं १ कि विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङ्गमा व्यस्त रहेकी छन। मोडलिङ्गमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गित सङ्गै आफुलाई अनुकुल भए अनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छन।
 
बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो।
Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
418 Shares