

मापसेमा परेपछि पप ब्यान्ड बीटीएसका गायकलाई साढे १ करोड वन जरिवाना
दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका सदस्य सुगा अर्थात् मिन यून–गीलाई १ करोड ५० लाख वन (११ हजार ५०० अमेरिकी डलर) जरिवाना तिराइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर विद्युतीय स्कुटर चलाएको आरोपमा उनलाई सो रकम जरिवाना तिराइएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । सोलस्थित घर नजिकै स्कुटरबाट लडेर उठ्दै गरेको अवस्थामा अगस्टमा प्रहरीहरूले गायकलाई भेटेका थिए ।
रक्सी खाएर स्कुटर चलाएको पाएपछि उनीमाथि अभियोग लगाइएको थियो । त्यतिबेला उनको रगतमा शून्य दशमलव २२७ प्रतिशत अल्कोहल भेटिएको थियो । यो भनेको शून्य दशमलव शून्य ८ प्रतिशतको थ्रेसहोल्डभन्दा निकै धेरै थियो । यो घटनापछि गायक सुगाको लाइसेन्स खारेज गरिएको थियो । नजिकै त हो नि भन्ने सोचेर स्कुटर चलाएको र यस क्रममा आफूले नशाको सुरमा सवारी साधन चलाउन हुँदैन भन्ने कुरा बिर्सिएको उनको भनाइ थियो ।
यस घटनामा कसैलाई घाउ चोट नलागेको र कसैको सम्पत्ति क्षति नभएको भएपनि यसको सारा जिम्मा आफूले लिने भन्दै गायकले माफी मागेका थिए । यो घटनापछि सुगाले चर्को आलोचना खेप्नु परेको थियो । कतिले त उनलाई बीटीएस छाड्न समेत भनेका थिए । गएको शुक्रबार सोलको एउटा जिल्ला अदालतले गायकलाई सो जरिवाना तिराएको हो । ३१ वर्षिय गायक यतिबेला सेनामा सामाजिक सर्भिस एजेन्टका रुपमा काम गरिरहेका छन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



