३५ दिनसमा सकियो ‘एक्लो’ को छायाङ्कन

काठमाडौँ । प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ छायाङ्कन सकिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको अपर मुस्ताङ र काठमाडौँमा छायाङ्कन गरिएको हो । कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले ३५ दिनको नियमित छायाङ्कनबाट फिल्म सकिएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा फिल्म पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गरिएको हो ।

फिल्ममा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

हलिउड कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य छ । ‘एक्लो’का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीतावादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । फिल्ममा राजु तामाङको द्वन्द्व समेटिएको छ ।
Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
205 Shares