

सम्झना र क्विन्सीको ‘आधी बाटो हिंडे पछी’ सार्वजनिक
काठमाडौं – भारतीय पार्श्वगायक र संगीतकार क्विन्सी चेट र गायिका सम्झना पाण्डेको युगल गायनमा रहेको ‘आधी बाटो हिंडे पछी’ बोलको कभर गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतलाई संगीत संयोजन निरेन मोक्तानले गरेका हुन्। यस गीतका ओरिजिनल गायक/ गायिका भने उदय सोताङ र मनिला सोताङ हुन्। न्ह्यु बज्राचार्यको संगीत र रमण घिमिरेको शब्द रहेको यो गीत दर्शक स्रोता माझ प्रिय छ।
कभर म्युजिक भिडियो अमेरिकामा छायांकन गरिएको हो, जसलाई प्रफुल्ल सिंहले खिचेका हुन् भने सुमन दडिपोगुले सम्पादन गरेका हुन् । सम्झना पाण्डेको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो म्युजिक भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। “भोइस अफ नेपाल”मा समेत सहभागी भएकी पाण्डे हाल अमेरिकाको कोलोराडोमा बस्दै आएकी छिन्, उनले “नाचौ नाचौ,” “मैले जति माया,” र “जुहारी” जस्ता लोकप्रिय गीतहरू दर्शकसामु पस्किसकेकी छिन्।
मौलिक नेपाली र हिन्दी गीतहरू रिलिज गर्ने र लोकप्रिय नेपाली कभर गीतहरूलाई रिभाइभ गर्ने उदेश्य सहित क्विन्सी र सम्झना मिलेर हाल कोलोराडोमा म्युजिक रेकर्डिङ स्टुडियो संचालन गरिरहका छन्। क्विन्सी चेटको संगीत यात्रा पाँच वर्षको उमेरदेखि नै सुरू भएको हो। स्वर्गीय पिता जोएल र पद्मभूषण उस्ताद सुल्तान खानको मार्गदर्शनमा कर्नाटक र हिन्दुस्तानी शास्त्रीय संगीतमा उनी खारिएका छन्।
उनले बलिउडका प्रतिष्ठित कलाकारहरू उस्ताद राहत फतेह अली खान, सोनु निगम, श्रेया घोषाल, साधना सरगम, महालक्ष्मी अय्यर, केएस चित्रा, वाणी जयारामजस्ता चर्चित कलाकारहरूसँग काम गरेर आफ्नो छुट्टै पहिचान बनाएका छन्।
हालै मात्र श्रेया घोषालसँग गाएको क्विन्सीको गीत “नजानुम नीयुम”ले युट्युबमा ६ मिलियनभन्दा बढी भ्यूज पाइसकेको छ, जसले उनलाई नयाँ उचाईमा पुर्याएको छ। बलिउडका नामी कलाकारहरु संग काम गरिरहेका क्विन्सी, प्रसिद्ध संगीत निर्देशक मयुरेश पाईसँग पनि नयाँ प्रोजेक्टमा काम गरिरहेका छन्। उनको उस्ताद राहत फतेह अली खानसँगको ठूलो प्रोजेक्ट छिट्टै रिलिज हुने तयारीमा छ!
क्विन्सीले बलिउडका विभिन्न अवार्ड शोहरूमा प्रस्तुति दिइसकेका छन्। उनले ताज महलदेखि अल-स्टेट एरिनासम्म, र एनआरजी स्टेडियममा “हाउडी मोदी” कार्यक्रममा ६०,००० दर्शकमाझ समेत आफ्नो प्रस्तुति दिएका छन्, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित थिए। क्विन्सी चेटको प्रतिभा र कडा मेहनतले भारतीय संगीत उद्योगमा उनलाई बलियो स्थान दिलाएको छ, र भविष्यमा उनीबाट अझै उत्कृष्ट सिर्जनाहरुको आशा गर्न सकिन्छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



