राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ । यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । असोज २६ गते शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् ।

पन्थीका अनुसार अपराह्न ३ः०० बजे देखि ३ः३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।

त्यसपछि अपराह्न ३ः३० बजे देखि ५ः०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई पनि राष्ट्रपतिले टीका लगाइदिनेछन् । टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन भनिएको छ । टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं.१ मा व्यवस्था मिलाइने छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
460 Shares