

फिल्म ‘शिरफूल’ युट्युबमा
काठमाडौँ । कमल एक्चै मगरको निर्देशन रहेको फिल्म ‘शिरफूल’ युट्युबमा रिलिज भएको छ । नाइस मिडिया नेटवर्कको ब्यानरमा फिल्म केही वर्षअघि निर्माण भएको थियो । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । फिल्म ‘शिरफूल’ नाइस टेलिभिजनको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
रुपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय फिल्ममा छ । राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



