

साउदी र माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म ‘छक्कापञ्जा ५’
काठमाडौं। पहिलोपटक साउदी अरब र माल्दिभ्समा नेपाली फिल्म प्रदर्शनमा आएको छ । यी दुई ठाउँमा ‘छक्कापञ्जा ५’ प्रदर्शनमा आएको हो ।
साउदीका १० हलमा फिल्म प्रदर्शनमा आएको छ । जुबेलस्थित मूभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मूभी र भक्स सिनेमाज, रियादस्थित मूभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मूभी सिनेमाजमा फिल्म लागेको छ ।
यस्तै, धरहानको मूभी सिनेमाजमा पनि फिल्म प्रदर्शनमा आएको छ । नेपाली कामदारको ठूलो उपस्थिती रहेको मध्यपूर्वको साउदीसहित मध्यपूर्वका ५० हलमा फिल्म रिलिज भएको छ ।
साउदीसहित युएई, कतार, बहराइन र ओमानमा पनि फिल्म प्रदर्शनमा आएको छ । कतारका १० हलबाट फिल्म प्रदर्शनमा आएको छ । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्सका २ हलमा पनि पहिलोपटक नेपाली फिल्म प्रदर्शनमा आएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



