चापागाउँमा बीर गणेशमान सिंहको सम्झनामा किकबक्सिङको कुम्भ मेला हुँदै

ललितपुर । गोदावरी नगरपालिका चापागाउँमा बीर गणेशमान सिंहको सम्झनामा किक बक्सिङको कुम्भ मेला मंसिर २७, २८ र २९ गते हुँदैछ ।
गोदावरी नगरपालिका चापागाउँमा हुन लागेको छैठो वीर गणेशमान सिंह  खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको लागी मुल आयोजक कमिटीका संयोजक बिनोद महर्जनको अध्यक्षतामा बैठक बसी विभिन्न उप कमिटी गठन गरेको छ ।
उक्त कमिटीमा आर्थिक संयोजकमा बिनोद महर्जन आफै रहेका छन् भनेसमारोह संयोजकमा सुरज श्रेष्ठ, अतिथि सत्कार संयोजकमा मिलन सिल्वाल, सुरक्षा संयोजकमा दयाराम महर्जन, यातायात तथा बसोबास संयोजकमा हरि गोबिन्द महर्जन, भोजन ब्यबस्थापन संयोजकमा राजेन्द्र महर्जन, प्रचार प्रसार संयोजकमा सागर चित्रकार रहेको छन् । प्रतियोगिता मंसिर २७,२८ र २९ गते सम्म चल्ने छ । नेपालकै ठुलो धनराशी रहेको उक्त वीर गणेशमान सिंह किक बक्सिङ प्रतियोगितामा कराते, तेक्वान्दो , उसु, बक्सिङ मुआई थाई, के वान, आइटी एफ, सो– क्योकुसिन कराते, फुलकन्ट्याक्ट करातेका खेलाडीहरुले सहभागिता जनाउने छन् । सो प्रतियोगितामा विभागीय टीम नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टीमले सहभागीता जनाउने छन् । उक्त प्रतियोगितामा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीले ३० हजार, द्वितीय हुने खेलाडीले १५ हजार र तृतीय हुने २ जना खेलाडीले ८, ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट पुरुष र महिला खेलाडीले २५—२५ हजार रुपैयाँ पाउने छन् ।
त्यस्तै सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टीमलाई टीम च्याम्पियन स्वरुप १ लाख रुपैयाँसहित ट्रफि प्रदान गरिने छ भने दोस्रो हुने टीम च्याम्पियनलाई ५० हजार रुपैयाँ नगद सहित ट्रफि प्रदान गरिने छ । तेस्रो हुने टीम च्याम्पियनलाई १५ हजार रुपैयाँ नगद सहित ट्रफि प्रदान गरिने छ । उक्त किकबक्सिङ प्रतियोगिताको मुख्य प्रायोजक  गोदावरी नगरपालिका रहेको संयोजक बिनोद महर्जनले जानकारी गराएका छन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
322 Shares