

‘पुष्पा २’को प्रदर्शन मिति परिवर्तन
मुम्बई । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २ः द रूल’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि ६ डिसेम्बरमा प्रदर्शन हुने भनिएको फिल्म एक दिन अगाडि अर्थात ५ डिसेम्बरमै प्रदर्शन हुने भएको छ ।
बिहीबार अभिनेता अल्लू अर्जुनले आफ्नो इन्स्टाग्राम मार्फत फिल्म एक दिन अगाडि प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको पोष्टरमा प्रदर्शन मिति ५ डिसेम्बर उल्लेख गरिएको छ । यसअघि फिल्म १५ अगस्ट २०२४ (साउन ३१) मा रिलिज हुने भनिएको थियो । त्यो समयबाट सरेर फिल्म डिसेम्बरमा आएको हो ।
अल्लु र रश्मिकाको अलवा फिल्ममा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ ।
सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको फिल्म नवीन येर्नेनी र रविशंकर यलमाञ्चिलीले निर्माण गरेका हुन् । सन् २०२१ मा रिलिज सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेलको रुपमा ‘पुष्पा २ः द रूल’ निर्माण भएको हो । फिल्म निर्माण घोषणा भएदेखिनै चर्चामा छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



