

यू१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै
काठमाडौं । एएफसी यू१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ ।
समूहको पहिलो खेलमा नेपाल यू१७ एसियन कपको साविक विजेता जापानसँग ९(२ को फराकिलो अन्तरले पराजित भएको थियो । कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई २ ० ले पराजित गरेको थियो ।
नेपालले समूहको अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।
छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू१७ एसियन कपका लागि छनोट हुनेछ ।
यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत छनोट भइसकेको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



