

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेश
काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकमा भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७-१ को एकपक्षिय जित हात पार्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो । बंगलादेश समग्रमा तेस्रो पटक फाइनल पुगेको हो ।
सन् २०१६ मा पहिलो पटक फनईनल पुग्दा भारतसँग पराजित भएको भारतले २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई हराएर उपाधि जितेको थियो । बंगलादेशले अब फाइनलमा नेपाल भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आजै साढे ६ बजे हुनेछ ।
पहिलो हाफमा तोहुरा र कप्तान सबिना खानुतले दुई-दुई गोल गर्दा रितु पोर्ना चक्माले एक गोल गरेकी थिइन् । तोहुराले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।
पहिलो हाफमा बंगलादेशले भुटानमाथि ५-१ को अग्रता बनाएको थियो ।
बंगलादेशले पहिलो हाफमा सुरुवात देखि नै भुटानमाथि दबाब बनाएको थियो । खेलको सातौं मिनेटमै रितु चक्माले तोहुरा खातुनको पासमा बक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
१५औं मिनेटमा तोहुरा खातनुले सेउली अजमको पासमा गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । तोहुराले सेउलीबाट पाएको पासमा भुटानी खेलाडीलाई छालउदै बक्सबाहिरबाट उत्कृष्ट गोल गरिन् ।
२६औं मिनेटमा सबिना खातुनले मोनिका चक्माको पासमा गोल गर्दै बंगलादेशको अग्रता ३ ० बनाइन् । त्यसअघि सबिनाको प्रहार पोष्टमा लागेर पर्किएको थियो । तर उनले अर्को मौका चुकाइनन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



