

सिंघम अगेनको सेटमा घाइते भएका थिए अजय देवगन
नयाँ दिल्ली । बलिउड अभिनेता अजय देवगन यतिबेला रोहित शेट्टीको कप युनिभर्सको आगामी फिल्म ‘सिंघम अगेन’लाई लिएर चर्चामा छन् ।
फिल्मको प्रमोशनका लागि अभिनेता–निर्देशकको जोडी सलमान खानको रियालिटी शो ‘बिग बोस’मा पुगेका थिए । यस क्रममा अजयले फिल्मको सुटिङका क्रममा आफ्नो आँखाको ज्योति गुमेको बताए ।
फिल्मको सेटमा घाइते भएको विषयमा अजयलाई सलमान खानले सोधेका थिए, ‘तिम्रो आँखामा चोट लागेको थियो, के यही लागेको थियो चोट ?’ यसको जवाफमा निर्देशक रोहित शेट्टीले सिंघम अगेनको सेटमा अजय घाइते भएको बताए । आफूलाई पनि अजयले उनलाई चोट लागेको शट देखाएको सलमानले बताए ।
‘अजयले मलाई एउटा शट देखाए । उनीबाट गल्ती भयो । एकजना मानिस उसलाई कुट्न भनेर लठ्ठी लिएर आएका थिए । तर समयको तालमेल नमिल्दा लठ्ठीले सिधै उसको आँखामा लाग्यो । त्यसपछि अजयले २–३ महिनासम्म आफ्नो आँखाको ज्योति गुमाए । उनको शल्यक्रिया समेत गर्नु परेको थियो,’ बिग बोस होष्ट सलमानले भने । अजय देवगनको मनोबल बढाउँदै सलमान खानले एक्शन गर्यो भने यस्तो त भइरहन्छ भनेका थिए ।
रोहित शेट्टीले निर्देशन गरेको सिंघम अगेन यही दीपावलीको अवसरमा रिलिज हुँदैछ । यो फिल्ममा अजय देवगन एक पटक फेरि बाजीराव सिङ्घमको भूमिकामा देखिने छन् । योसँगै फिल्ममा करिना कपूर पनि छिन् । फिल्ममा दीपिका पादुकोणको साथसाथै अक्षय कुमार, टाइगर श्राफ, रणवीर सिंह र अर्जुन कपूरको पनि अभिनय रहेको छ । फिल्ममा सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिनेछन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



