पाकिस्तानमा पोलियो खोप अभियान सुरु

इस्लामाबाद । पाकिस्तानमा लाखौं बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान सुरु भएको छ ।

देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्य राखिएको यो अभियान सोमबारबाट सुरु गरिएको हो । यो नोभेम्बर ३ सम्म जारी रहने राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ ।यो वर्ष पाकिस्तानको पोलिया सम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । यहाँ सन् २०२४ मा हालसम्म ४१ पोलिया सम्बन्धी घटनाहरू रिपोर्ट गरिएको छ ।स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत बालबालिकालाई सुरक्षित राख्न पोलियोकर्मीहरूलाई पूर्ण रूपमा सहयोग गर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्तान र अफगानिस्तान अन्तिम दुई देश हुन्, जहाँ पोलियो महामारीको रूपमा रहेको छ ।एजेन्सी
Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
327 Shares