भर्‍याङमा चिप्लिएर लडे विजय देवरकोन्डा

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा भर्‍याङमा चिप्लिएर लडेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एउटा बिल्डिङबाट निस्कने क्रममा अभिनेता भर्‍याङमा चिप्लिएर लडेका थिए ।

अभिनेता लडेपछि उनको टोलीका सदस्यहरूले विजयलाई उठाएका थिए । त्यसपछि उनले फ्यानसँग फोटो खिचाउँदै गरेको पनि देखियो । अभिनेता सिँढीबाट चिप्लिए पनि उनलाई खासै चोटपटक लागेन । उनी तुरुन्तै उठेर बाहिर आए ।

गौतम तिन्ननुरीसँगको आगामी फिल्मको सुटिङका ​​क्रममा अभिनेता विजय देवरकोन्डा घाइते पनि भएका थिए । ब्रेकका लागि समय अभावका कारण उनले घाइते अवस्थामै सुटिङ जारी राखेको अभिनेताको विजयको टोलीले खुलासा गरेको छ ।

मिडिया रिपोर्टका अनुसार फिल्मका निर्माता नागा वाम्सीले ‘भिडी १२’ को पहिलो भाग चल्यो र दर्शकले मन पराए भने यसको दोस्रो भाग पनि रिलिज गर्ने भनेका छन् ।

फाइट सिक्वेन्समा चोट लागेपछि काँधमा दुखाइ भएकाले विजयले फिजियो र रिह्याब गरिरहेको उनको टोलीले भनेको थियो । चोट अरु नबढोस् भनेर अभिनेताले अनेक उपायहरू गरिरहेका र पीडा सहन सक्दो प्रयास गरिरहेको पनि बताइएको छ । तर, उनले फिल्मको छायाङ्कन रोकेनन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
406 Shares