बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका

काठमाडौँ । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।प्रदर्शनको दुई दिन खासै दर्शकको साथ् नपाएको यस फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको निर्माण कम्पनी सेभेन सिजले जानकारी दिएको छ ।

त्यस्तै फिल्मले शो संख्यामा भने रेकर्ड नै बनाएको छ । फिल्मले बिहीबारबाट देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएको छ । यो नेपाली फिल्मले पाएको अहिलेसम्मकै उच्च शो हो । यसअघि यो रेकर्ड दशैको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले बिहीबार मात्र करिब २ करोड ग्रस कमाई गरेको अनुमान गरिएको छ । त्यस्तै फिल्मको शनिबारसम्म नै अग्रिम बुकिङ देखिएको छ । अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
135 Shares