‘पूर्णबहादुरको सारंगी’को इफेक्टः ‘केटी हराएको सूचना’को रिलिज रोकियो

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘केटी हराएको सूचना’ले पूर्वनिर्धारित प्रदर्शन स्थगित गरेको छ । निर्माता कम्पनी ट्राई सिटी पिक्चर्सले विज्ञप्ति जारी गर्दै फिल्म ३० कात्तिकमा नआउने जनाएको हो ।

अहिले प्रदर्शन भैरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले राम्रो व्यवसायिक प्रदर्शन गरिरहेकाले यो परिस्थितीलाई दृष्टिगत गरि प्रदर्शन मिति स्थगित गरिएको जनाइएको छ ।

‘जुन प्रकारले चलचित्र पूर्णबहादुरको सारंगीले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरले नयाँ चलचित्रलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्रलाई समेत असर पर्ने सम्भावना भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै प्रदर्शन हाललाई स्थगित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छैन । विजय बराल स्टारर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले अहिले घरेलु बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ । फिल्मले ८ दिनसम्म ११ करोड १० लाख ग्रस कमाएको छ । अब कात्तिक ३० मा नीता ढुंगाना स्टारर ‘ह्रस्व दीर्घ’ले एकल प्रदर्शनको मौका पाएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
408 Shares