हरिवंश र प्रकाश सपुतपछि ‘हरिबहादुरको जुत्ता’मा शीर्ष अभिनेत्रीमा स्वस्तिमा अनुबन्धित

काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’को शीर्ष अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । शुक्रबार निर्माता र खड्काबीच लिखित सहमति भएको हो ।

हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरमाथि आधारित रहेर निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । यसअघि यस फिल्ममा हरिवंश र प्रकाश सपुत फाइनल भैसकेका छन् ।

फिल्मको सहायक भूमिकामा प्रियंका कार्की पनि जोडिएकी छन् । बाँकी कलाकार आइतबारदेखि तय गर्ने निर्माताको योजना छ । एसएम मोसन पिक्चर्स प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा पटकथा र संवाद हरिवंशको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
143 Shares