‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि लाग्यो चोरीको आरोप

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप लागेको छ । निर्देशक तथा कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट फिल्ममा चोरिएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्ति बेलुका चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछि म छाङाबाट खसेझैँ भए । म छटपटिए । किनभने मैले लेखेको चलचित्र ‘लाज’को थिम र केहि प्लट चोरिएको पाए । मेरो कथा बाबु बल्ली र छोरो बुधेको कथा हो । बाउले छोराको स्कुल ड्रेस सिलाउन र छोराले सुख पावस र पढि लेखि ठुलो मान्छे बनोस् भनी मृत्यु रोजेको एउटा बाउको कठिन सङ्घर्षको कथा हो ।’

‘जब पहिलो पटक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को थिम पोस्टर सार्वजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो । एउटा सारङ्गी रेट्ने बाबुले आफ्नो छोरोलाई काँधमा हालेर हिँडेको थिम पोस्टर थियो त्यो‘, उनले अगाडि भनेका छन् ‘म झस्किनुको कारण के थियो भने उक्त घोषणा गरिएको फिल्मको कथा र निर्देशक सरोज पौडेलको थियो । सरोज पौडेल तिनै व्यक्ति थिए जसलाई दुई वर्ष पहिले अनामनगरस्थित गोर्खा एफएमचोक छेउको एक चिया पसलमा भेट्दा मैले गर्न खोजिरहेको चलचित्र ‘लाज’को २२औं ड्राफ्ट वाला स्क्रिप्ट बेलिबिस्तार लगाउँदै मजाले सुनाएको थिए ।’

‘पूर्णबहादुरको सारङ्गी’ले अहिले आक्रामक व्यवसाय गरिरहेको छ । नेपालको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल ‘पूर्णबहादुरको सारङ्गी’ सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा पौडेलले आफ्नो बुबाको निधन भएपछि महसुस भएको विषय बताउँदै आएका छन् ।

फिल्मको कथालाई केही अगाडि उपन्यासकार डा। शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको आरोप लगाएका थिए । बस्यालले फिल्म हेरिसकेपछि फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार समेत प्रस्तुत गरेका थिए ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
429 Shares