

नेपाल एक खेलअगावै यू-१९ एसिया कपबाट बाहिरियो
काठमाडौं । नेपाली यू१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू१९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा नपुग्ने पक्का भएको हो । बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जवाद अबरारले ५९ तथा कप्तान अजिजुल हाकिमले अविजित ५२ रन बनाए ।
नेपालका युवराज खत्रीले ४ विकेट लिए भने कप्तान हेमन्त धामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।
बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २ २ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १(१ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । अब अफगानिस्तानसँग मंगलबार खेल्ने छ । अफगानिस्तान पनि बाहिरिसकेको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



