

कर्णाली याक्सको लगातार तेस्रो जित
काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । कर्णाद्यीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान ६ अंक भएपनि कर्णाली नेटरनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
कर्णालीका लागि ग्लसन झाले अविजित रहँदै ४९ रन बनाए । उनले ३७ बल खेलुदै ३ चौका र ४ छक्का प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्का मदतमा ४२ रन योगदान गरे ।
१४ रनमै २ विकेट गुमाएको कर्णालीका लागि वाल्टन र गुल्सनले ६० रनको साझेदारी गरेका थिए ।
विलियम बोसिस्टो २ रनमा अविजित रहे । ओपनिङमा आएका बाबर हायत ७ रनमा बउट हुँदा खेव खनालले खाता खोल्न सकेनन् ।
बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले ११ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको थियो । विलियम बोसिस्टोले उत्कृष्ट बलिङ गर्दै एक्लद्ये ६ विकेट लिएपछि पोखरा अलआउट भएको थियो । बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।
कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एकएक विकेट लिए ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



