३८ दिनमा ‘वसन्त’ इन्डक्ल्याप

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा डेव्यु फिल्म ‘वसन्त’को छायांकन सकिएको छ । बुधबार ३८ औं दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो ।

आगामी चैत्र २२ गते चैते दसैँको अवसर पारेर प्रदर्शनमा आउने फिल्म गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न स्थानमा खिचिएको हो ।

फिल्ममा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन ९खबपु०, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय गरेका छन् ।

सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
264 Shares