

बबिना भट्टराईको स्वर तथा सरला श्रेष्ठको शब्दमा मार्मिक गीत ‘भेट्नु र छुटिनु’ सार्वजानिक
काठमाडौं : जिन्दगी यात्रा हो अनि यो यात्रामा हामी धेरै खालका अनुभव र अनुभूति संगाल्ने गर्दछौं । यहि जिन्दगी भोगाईको क्रममा धेरै संग भेटिन्छ अनि छुट्टिइन्छ, ती भेटाई र छुटाईले केहि अर्थ राख्दैन । तर केहि सम्वन्ध त्यस्तो हुन्छ जुन भेट अविश्मरणीय हुन्छ, विशेष हुन्छ अनि त्यो भेट कहिल्यै नछुटोस्, नटुटोस् भन्ने भाव मनले संगालेको हुन्छ, त्यो भेटले जीवन साच्चै रमणीय बनेको हुन्छ ..आहा कति रमाइलो भेट… जता पनि रमाइलो ..जे पनि रमाइलो …यस्तै मीठो आभाष मनले संगाल्ने गर्छ । तर मनले संगालेको त्यो भावमा विभिन्न कारणले दरार आइदिन्छ, सम्वन्ध छुट्छ, टुट्छ, हराउँछ, बिलाउँछ ..कता पुग्छ कता ..जोगाइराखु भन्दा पनि सकिदैन, मनको सम्वन्ध जोगाउन दुवै मन समान अनि दुवै मनमा एउटै भाव हुनुपर्छ, एउटा मनमा विचलन आउँदा त्यो सम्वन्धमा पनि विचलन आँउछ ।
मनले धेरै सपनाहरु साँचेको हुन्छ, प्रेमिल मनले साँचेका ती सपनाहरु एकअर्का संग साटेको हुन्छ, मनका भावहरु कोमल हुन्छन्, ती कोमल भावहरुले मनलाई शितलता दिन्छन् तर सम्वन्धमा दरार आउँदा एउटा मन टुक्रिन्छ, छियाछिया हुन्छ, टुक्रा टुक्रा हुन्छ । आफ्नो मन यति विह्ल हुँदा पनि, आफ्नो मन टुटे पनि, नजोडिने गरि फुटे पनि, सपनाहरु टुटे पनि छुटे पनि उनको सपनाहरुको सम्मान गर्न मन लाग्छ, उनका सपनाहरु नटुटोस् भन्ने कामना गरिरहन मन लाग्छ ।
जीवनमा खुसीले बाँच्नु पर्छ भनिन्छ, त्यहि खुसीको लागि हामीले धेरै कर्म गर्दछौं । यसरी कर्म गर्दै जादा भेटिएको उनको साथ यति विशेष हुन्छ, उनी आए पछि खुसी नै खुसी पाएको आभाष मिल्ने गर्छ, उनको यादले मात्रै पनि खुसी मिल्छ, उनलाई सम्झदा मात्र पनि मनले शितलता महशुष गर्छ, उनलाई कल्पदा मात्र पनि रमाइलो लाग्छ, यति प्रेमिल उनी छुट्टिएर गए संगै यो खुसीको मुहान सुक्छ । आफ्नो खुसीको मुहान सुके पनि, मूल सुके पनि उनी खुसी भइरहेको हेर्ने चाह हुन्छ, उनको खुसीमा हाँस्न पाए आफ्नो खुसीको मुहान सुके पनि कुनै परवाह हुदैन ।
आफ्नो ह्दय टुक्रेकोमा, आफ्नो मन टुक्रेकोमा कुनै चिन्ता छैन तर उनको तन अनि मनमा कुनै चोट नलागोस् भन्ने कामना एउटा प्रेमिल मनले गरिरहन्छ । आफ्नो दुःख केहि पनि होइन, आफ्नो विरह केहि पनि होइन, आफ्नो ह्दय सिसा सरि टुक्रेर केहि छैन तर उनको मन नटुक्रियोस्, उनको भावनामा चोट नपुगोस् भन्ने भाव एउटा प्रेमिल मनले संगाल्छ ।
‘भेट्नु र छुट्नु’ एउटा प्रेमिल गीत हुँदाहुदै पनि यो विरहको गीत हो, विछोडको गीत हो, प्राप्ति मात्रै प्रेम होइन भन्ने भाव पनि यो गीतको रहेको छ, उनलाई पाउनु नै पर्छ भन्ने हैन, छैन तर एउटै कामना के छ भने उनी सधैं खुसी भइरहुन्, उनका सपनाहरु कहिल्यै नटुटुन्, उनी सधैं हाँसेको देख्न पाइयोस् अनि उनको तन, मन र भावनामा कुनै चोट नलागोस्, छुटेर गएकी उनी प्रति पनि एउटा प्रेमिल मनले यहि भावना राखिरहन्छ, सारा समस्या आँफूमा नै आओस् तर उनलाई कुनै समस्या नपरोस्, आँफूमा आइपर्ने जुनसुकै परिस्थिति उसलाई स्वीकार्य छ तर उनको जीवनमा कुनै कठिनाई नओस् भन्ने उसको कामना छ, साँचो प्रेम मर्दैन, सम्वन्ध नरहे पनि त्यो प्रेमिल मनले उनको सधैं कामना गरिरहन्छ भन्ने भाव यो गीतले समेटेको छ ।गीतकार सरला श्रेष्ठको अफिसियल युट्व च्यानल एस.एस. क्रियशन र इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको गीत ‘भेट्नु र छुटिनु’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा निर्मल दियालीको संगीत एवं सरला श्रेष्ठको शब्दमा सार्वजनिक भएको छ । उक्त गीतको एरेन्ज बुद्ध स्याङ्वा ले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ । गीत अकष्टिक नेपालको स्टुडियो, नक्सालमा राजा बाबु थारु र दिल समर्पणले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा गायिका बबिना भट्टराई लाई गीतको भावमा डुवेको देख्न पाइन्छ । भिडियो हेर्दा लाग्छ गायिका बबिनाको जीवनमा केहि भेटिएर छुटिएको छ अनि त्यो विरही भाव उनको मनमा छ । हुन त यो गीत धेरैको जीवनमा मेल खान्छ किनकी भेट्नु र छुट्नु नै जिन्दगी हो । रिया श्रेष्ठको नृत्यले भिडियोलाई अझ सुन्दर बनाएको छ । भिडियो ए.जे. अजुको निर्देशनमा तयार भएको हो । भिडियोको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् भने रोजिना श्रेष्ठको श्रृङ्गार रहेको छ ।
संगीतकार निर्मल दियालीले इमेज एफ.एम. ९७.९ मा प्रस्तोता हरिराम पौडेल संग ‘भेट्नु र छुटिनु’ को विशेष चर्चा गर्दै भने ‘भेट्नु र छुटिनु’ गीत मार्फत गायिका बबिना भट्टराई र गीतकार सरला श्रेष्ठ ज्यू संग सहकार्य गर्न पाउनु मेरो लागि सुखद् रह्यो । सरला श्रेष्ठका मार्मिक शब्दहरुमा संगीत गरिरहदा निकै सहज मलाई यस अर्थमा पनि रह्यो कि गायिका बबिना भट्टराई आफै पनि संगीतकार हुनु भएकीले वहाँ संग सल्लाह गर्दै काम गर्न पाइयो । गीतलाई यत्ति सुमधुर बनाउन वहाँले आफ्नो तर्फबाट मेहनत त गर्नु भयो नै साथै आपसी सल्लाह गरेर सहकार्य गर्न पाउँदा अझ सहज महशुष भयो, अव यो गीत दर्शक श्रोता सामु पुगेको छ, वहाँहरुको प्रतिक्रिया नै हाम्रो लागि उर्जा हो ।’गीतकार अनु विज्ञातिले गीत हेरेर तथा सुनेर लेख्छिन् ‘गीत सुने अनि हेरेँ पनि । त्यो स्वरमा यी गीतका हरेक शब्द शब्दले न्याय पाएको महसुस भयो । मार्मिक शब्द संयोजनमा उति नै मीठो संगीत र अभिनय रहेछ । नेपाली गीत संगीतलाई माया गर्नु हुने जो कोहीले छुटाउन नमिल्ने आवाज लाग्छ मलाई बबिना भट्टराई । निरन्तर उतिनै मीठा मीठा गीत संगीतको यात्रा गराई रहनु हुने बबिना जी, यति मार्मिक शब्द कोर्नु हुने गीतकार सरला श्रेष्ठ ज्यू र उहाँहरुको पूरा समुहलाई गीतको सफलताको लागि धेरै धेरै बधाई तथा शुभकामना ।’
कवि, गीतकार तथा गजलकार उत्तम विचार त्यो एउटा छुट्ने साथीमा आँफू नपरु भन्दै लेख्छन् ‘अत्यन्त सुमधुर गीत संगीत एवं उत्कृष्ट शब्द संयोजन । हार्दिक बधाई एवं गीतको अपार सफलताको कामना ।’
गायिका तथा संगीतकार बबिना भट्टराईले आशा र पर्खाई बोकेको गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘सरला श्रेष्ठको गहिरो भाव बोकेको यो गीतलाई यहाँहरु सबैले मन पराइ दिने अपेक्षा राखेकी छु, गीत सुनेर तथा हेरेर गीतको बारेमा आफ्नो अमुल्य सल्लाह,सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गीतको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।गीत
भेट्नु र छुट्टिनु नै जिन्दगी हो
अव एउटा साथी छुटेर के भो ?
नटुटुन् तिम्रा ती सपनाहरु
मेरा सपनाहरु टुटेर के भो ।
म हाँस्न सक्छु तिम्रा खुसीहरुमा
मेरो खुसीको मुहान सुकेर के भो ।
नलागोस् तिमीलाई चोट कतै
मेरो यो ह्दय टुक्रेर के भो ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



