सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको हो ।

प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको हो।

लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।

‘जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको हो ।

 

सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।

सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।

पछिल्लो समय सन्दीपले सामाजिक सञ्जालमा स्टाटस राख्दै आइरहेका छन् जहाँ उनले नेपाली फ्यानलाई धन्यवाद दिएको कुराले व्यापक चर्चा पाएको थियो भने सोमबार सन्दीपले आफ्नो मोबाइल नम्बर समेत परिवर्तन गरेको भन्दै स्टाटस राखेका थिए ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
221 Shares