

बिपिनको “सुन्दर तिम्रो” मा नुपुर र रुबिनको रोमान्स
काठमाडौं – युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। “डेकेन्द्र प्रडक्शन” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको छ।
एबिस फिल्म्सको उत्कृष्ट छायाँकन रहेको भिडियोलाई अभिष थापाको निर्देशनमा तयार पारिएको हो। भिडियो म्याग्दीको बेनी बजार वरपर छायाँकन गरिएको हो। म्याग्दीको बेनी बजार, प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक समृद्धिका कारण प्रसिद्ध छ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित यो सहर, केवल भौगोलिक सौन्दर्यमा मात्र नभई, कला र संगीतको उर्वरभूमिका रूपमा पनि परिचित छ। भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ। निर्माण टिमले भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



