

साहित्यकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन
काठमाडौं । साहित्यकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन र वक्ताहरू साहित्यकार तथा समालोचक डा बिन्दु शर्मा र कवि÷पत्रकार तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा थिए ।
झापा घर भई हाल हङकङमा बसोवास गर्दै आएकी साहित्यकार बान्तावाको यो पहिलो कृति हो । यस उपन्यासभित्र आफ्नै भोगाइहरू भेटिने बान्तावाको दाबी छ ।
कृतिबारे बोल्दै प्रमुख अतिथि साहित्यकार शेरचनले ‘प्याउली’ले पाठकलाई तान्ने बन्दै यो सफल उपन्यास रहेको बताइन् । ‘के हिसाबले सफल छ भने, जसले भोग्छ नि उल्लाई ऐया भनेर दुखेको उसैलाई थाहा हुन्छ के ! मलाई चिमटेपछि मैले ऐया गर्नुप¥यो नि ! उहाँको भोगाइ उहाँको ऐया हो त्यो । त्यसकारण आत्माबाट निस्केको कुरा, सबै कुरा मस्तिष्क भएर मात्र निस्कनुपर्छ भन्ने छैन । कहिलेकाहिँ मनबाट निस्केको कुरा पनि मनलाई छुने हुन्छ त । मनलाई छुने खालको छ ।’
शेरचनले सबै कुराको अनुभव गर्नु जरुरी रहेको पनि बताइन् । ‘चाहे प्रेम होस्, चाहे सबै कुरा अनुभव गर्नु पनि जरुरी छ । तर हामीले चाहीँ के गर्छौ ? प्रेम चाहीँ लुकाएर गछौं, घृणा चाहीँ देखाएर गर्छौं’, उनको प्रश्न थियो, ‘प्रेम किन लुकाउने ? कसैलाई कसै मनपर्छ त्यो लुकाउनुपर्ने आवश्यकै छैन । खुलेर गर्नोस् । मन पर्दैन छुटिनोस्, कुनै ठूलो कुरा भएन । फेरि जोडिनोस्, त्यो पनि ठूलो कुरा भएन ।’
‘प्याउली’ उपन्यासबारे बोल्दै बिमला तुम्खेवाले यो उपन्यास हृदयले पढ्नुपर्ने टिप्पणी गरिन्। ‘यो किताब पढिरहँदा तपाईको सिद्धान्तलाई एकठाउँमा थन्काएर हृदयबाट पढ्नुपर्छ जस्तो लाग्यो । यो किताब पढिरहँदा मैले धेरै विश्वप्रसिद्ध प्रेमकहानीहरू सम्झिएँ’, उनले भनिन् । यसमा कतिपय ठाउँमा आफैले बाँचेको जिन्दगी सम्झिएको पनि उनले बताइन् ।
यस्तै, समालोचक डा शर्माले लेखकले आख्यानको माध्यमबाट आफ्नो भोगाइ लेखेको भन्दै यो लेखकको मात्रै भोगाइ नभएर धेरैको भएको बताइन् । उनले भनिन्, ‘यो कथा, यो भोगाई बालिकाजीको मात्रै हैन । हामी धेरैको भोगाइ हो । भलै हामी कोही बिछोडिएर जोडिएका होला, कोही सम्झौता गरेर बसेका हौंला तर भोगाइहरू एकै हुन् ।’ लेखकले आफ्नो जीवनकथालाई नै उपन्यासिक रुप दिइएको भन्दै यो उपन्यास पात्रको परिचय, उसले भोगेको ट्रमा र त्यसबाट गर्ने मुक्तिको प्रयासलाई पाठकसँग निकट रुपमा जोड्ने महत्वपूर्ण कडी भएको टिप्पणी गरिन् । ‘यस्ता आत्म कथात्मक उपन्यासमा आत्मकथा र आख्यानको भेद अत्ति मसिनो हुन्छ । निबन्धको खण्डमा राख्ने या आख्यानको विधामा राख्ने भन्ने भेद हुन्छ’, उनले थपिन् ।
सर्जक बालिका बान्तावाले आफू कम बोल्ने स्वभाव भएको र कम बोल्ने स्वभावले नै लेखक बनाएको बताइन् । ‘मभित्र धेरै उकुसमुकुसहरू थिए । भन्नुपर्ने केही कुराहरू थिए, जसलाई नभन्दासम्म मैले आफूलाई सन्चो भएको महसुस गर्न सकिनँ । मैले ती उकुसमुकुसलाई कतै न कतैबाट पोख्नु थियो । त्यही उकुसमुकुसलाई पोख्ने माध्यम खोज्दा यो पुस्तकको जन्म भयो’, उनले प्रष्ट्याइन्, ‘म यस पुस्तकको प्रमुख पात्र भएर आएकी छु ।’
सम्भव समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कवि लक्ष्मी रुम्बाले गरेकी थिइन् । कार्यक्रममा कवि, कथाकार, सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



