

काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो वायु प्रदूषण : आँखा पोल्ने, टाउको दुख्ने समस्या
काठमाडौं : काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको आँखा/नाक पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने, स्वासप्रश्वासमा समस्या देखिन थालेको छ। स्वास्थ्य मन्त्रालयले समेत अनावश्यक रुपमा बाहिर ननिस्कन र निस्कदा चस्मा र मास्क प्रयोग गर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणबाट बच्नका लागि सकेसम्म अनावश्यक यात्रा र बिहानी हिडाई नगर्न बाहिर यात्रा गर्नै परेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन सुझाव दिए। ‘वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी लगायतका अंगहरूमा गम्भीर असर पार्दछ । साथै, दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घ रोगहरूको जोखिम समेत बढाउँछ।’ मन्त्रालयले भनेको छ,‘ वायु प्रदूषणले शारीरिक तथा मानसिक रूपमा कमजोर शिशु जन्मिने सम्भावना समेत उच्च रहन्छ। नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष हुने मृत्युमा विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, र जेष्ठ नागरिकहरू बढी जोखिममा पर्ने गरेका छन्। नेपालमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमध्ये वायु प्रदूषण पनि प्रमुख कारकका रूपमा देखिएको छ ।’मौसम विभागले काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने जनाएको छ। मौसमविद् बिनु महर्जनले शुक्रबारदेखि वायुको वेग अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्दै जाने बताइन्। उनले क्रमशः तापक्रम पनि बढ्ने बताइन्।
समाज
थप सामाग्री-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
२ घण्टा अगाडि
1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…



