

मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
मुस्ताङ । मुस्ताङमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा तीन सय ५३ जना लाभान्वित भएका छन् । मुस्ताङको जोमसोम, ठिनी र मार्फामा बिहीबार र शुक्रबार ४० वर्ष भन्दामाथि उमेरका नागरिकको परीक्षण गरिएको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशानलय (गण्डकी प्रदेश)को आयोजना, मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको समन्वय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ, प्रदेश अस्पताल मुस्ताङ र प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको सहकार्यमा नसर्ने रोगको बृहत स्वास्थ्यपरीक्षण सम्पन्न भएको प्रादेशिक स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए ।
उनले नसर्ने रोग पहिचान गर्न बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । मुस्ताङमा नसर्ने रोगको पहिचान गरी त्यस्ता समस्या भएका बिरामीलाई उपचारमा सहयोग पुर्याउन उद्देश्यले बृहत्त स्क्रीनिङ परीक्षण गरिएको हो । नसर्ने रोगको स्वास्थ्य परीक्षणअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोममा एक सय २८ जना, ठिनीमा एक सय नौ जना र मार्फा गाउँमा एक सय ६ जनाले परीक्षण गराएको प्रादेशिक स्वास्थ्य निर्देशानलयका जनस्वास्थ्य अधिकृत रानभाटले उल्लेख गरे । यसैगरी आज मुस्ताङको मार्फामा परीक्षण भइरहेको छ । मुस्ताङको घरपझोङ–४ जोमसोम र घरपझोङ–५ ठिनीमा गरी दुई सय २८ जना नसर्ने रोगको स्वास्थ्य परीक्षणबाट लाभान्वित भएको जनाइएको छ । नसर्ने रोगको बृहत स्क्रीनिङ परीक्षण शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले उल्लेख गरे।नसर्ने रोगको स्क्रीनिङ परीक्षणको नमूना म्याग्दीको बेनी अस्पतालमा पठाइएको छ । त्यसको रिपोर्ट दुई दिनपछि सम्बन्धित व्यक्तिालाई उपलब्ध गराएर चिकित्सकीय परामर्श दिइने स्वास्थ्य संयोजक थकालीको भनाइ छ ।
नसर्ने रोगको बृहत स्वास्थ्य शिविरमा रगत र पिसाबको परीक्षण, उचाइ, तौल, ब्लडप्रेसर, मधुमेह, मिर्गौला, कलेजोको परीक्षण तथा मुटु रोगको जोखिमको स्क्रीनिङ परीक्षण गरिएको हो ।रासस
समाज
थप सामाग्री-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
२ घण्टा अगाडि
1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…



