

रुघाखोकीका बिरामी बढे, निको हुने अवधि लम्बिँदै
काठमाण्डौ – रुघाखोकीबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पताल एवम् क्लिनिकमा समेत बिरामीको चाप छ । रुघाखोकी लागेमा हप्ता दिनमा निको हुने गरेकामा पछिल्लो समय दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको छ ।
चितवनको भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडाका अनुसार हरेक तीन वर्षमा इन्फ्लुएञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने हुन्छ । इन्फ्लुएञ्जालाई बोलिचालीको भाषामा फ्लू भनिन्छ ।
प्रायः यसबाट देखा पर्ने लक्षणहरू नाकबाट पातलो सिँगान बग्ने, टाउको, घाँटी र मांसपेसी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने हुन्छन् । डा. खतिवडाले अहिले रुघाखोकी लागेका बिरामीलाई निको हुन दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको बताउनुभयो । रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन धेरै समय लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।
वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा. शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीलाई जोखिम धेरै हुने भएकाले सचेत रहन उहाँको जोड छ ।
अहिलेको मौसम, वायु प्रदूषण, भोजभतेर, राजनीतिक समर्थन र विरोधका कार्यक्रममा हुने भीडभाडमार्फत पनि सङ्क्रमण फैलिएको डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमणका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन, सकेसम्म मास्कको प्रयोग गर्न, भीडभाडमा नजान डाक्टरको सुझाव छ ।
समाज
थप सामाग्री-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
२ घण्टा अगाडि
1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…



