२४ घण्टाभित्र माग सम्बोधन नभए स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले २४ घण्टाभित्र माग सम्बोधन नभए स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग सहित २८ दिनदेखि चिकित्सकहरु सडक आन्दोलनमा छन् ।

तर,सरकारले हालसम्म पनि माग सम्बोधनका लागि तदारुकता नदेखाएपछि संघले २४ घण्टाभित्र माग पुरा गर्न भनेको हो ।  माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले घोषणा गरेको छ । चिकित्सक संघले आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ । चिकित्सक संघले यसअघि पनि माग सम्बोधनका लागि गत चैत्र ३१ मा ७२ घण्टे अल्टिमेटम दिएको थियो । विद्यालय शिक्षा विधेयक जारी गर्न भन्दै शिक्षकहरु पनि गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

Facebook Comments Box
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
२ घण्टा अगाडि

1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…

TOP
315 Shares